स्वीजरल्याण्ड पठाउने भन्दै ठगी गर्ने ७ पक्राउ

काठमाडाैं | जेठ १०, २०८०

स्वीजरल्याण्ड पठाउने भन्दै ठगी गर्ने ७ पक्राउ सांकेतिक तस्बिर

काठमाडौं:   वैदेशिक रोजगारको लागी स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएको एक जना प्रहरीले पक्राउ गरेको छ ।

 

काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी ७ लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो । 

 

उनले स्वीजरल्याण्ड जान ७ लाख २० हजार रुपैयाँ लाग्छ  र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाडौंमा  दिनुभएको थियो । 

 

उजुरीपछि पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्